चितवनमा मौरीले टोकेपछि  भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका बृद्धको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ पकौडीमा मौरीले टोकेपछि  भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पकौडीका ८८ वर्षीय यदुविलास पोखरेल रहेका छन् ।

मंगलवार बेलुका ५ः४५ बजेको समयमा ढलेको रुखको जरामा रहेको मौरी निकाल्ने क्रममा मौरीले टोकेपछि भाग्ने क्रममा पोखरेल एक्कासी लडेका थिए ।

लडेर गम्भीर घाइते भएका पोखरेलको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलवार बेलुका ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको