
चितवन । चितवनको कालिका नगरपालिका–७ मा गएको माघ ६ गते रुखबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते कालिका–७ बस्ने वर्ष ५७ को माइला थापाको हिजो (सोमवार) उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जंगलमा घाँस काट्न जाने क्रममा टाटरीको रुखबाट लडेर थापा घाइते भएका थिए । उनको ढाड र दुबै खुट्टामा चोट लागेको थियो ।