
चितवन । भरतपुरको दुई छुट्टा–छुट्टै स्थानमा शुक्रवार एक्कासी बेहोस भई लडेका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–६ शनेश्चरीमाईस्थित लाल्चेन शेर्पाको घरमा पुगी पानी मागेर पिउने क्रममा एक्कासी बेहोस भएका माडी नगरपालिका–८ बस्ने ४४ वर्षीय चित्र बहादुर विकको भरतपुर अस्पतालमा शुक्रवार बेलुका ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शुक्रवार दिउँसो ३ः४५ बजेको समयमा पानी पिउँदै गर्दा बेहोस भई अचेत अवस्थामा पुगेका विकलाई स्थानीयले एम्बुलेन्समा राखी उपचारका लागि अस्पताल पठाएका थिए । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
त्यस्तै, भरतपुर–२५ शिवालय चोकस्थित कल्याण पोल्ट्री फार्मममा काम गर्ने गोरखा मनकामना गाउँपालिका–३ बस्ने ३२ वर्षीय सुमन थापा मगरको सुतेको अवस्थामा अचानक बेहोस भई मृत्यु भएको छ ।
शुक्रवार राति साढे ११ बजे सँगै सुतेका श्रीमानलाई अचेत अवस्थामा देखेपछि उनकी श्रीमति रितु थापा मगरले प्रहरीलार्ई खबर गरेकी थिइन् । सुमनलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा गएराति १२ः३९ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।