कालिका- ११ को सिद्धि  तीन दोभानदेखि वडा कार्यालयसम्म पक्की सडक निर्माणको कार्य सुरु

चितवन । कालिका नगरपालिकाको वडा नं ११ स्थित सिद्वी तीन दोभानदेखि ११ नम्बरको वडा कार्यालयसम्म पक्की सडक निर्माणको कार्य सुरु भएको छ ।

कालोपत्रे सडकबाट नजोडिएको नगरपालिकाकै एउटा मात्रै वडा ११ नम्बर वडा हो । वडा कार्यालयलाईपनि पक्की सडकमा जोड्न संघीय समपुरक अनुदान अन्तर्गत संघीय सरकारवाट १ करोड ९० लाख र कालिका नगरपालिकावाट १ करोड ९० लाख गरि ३ करोड ८० लाख बजेटमा पक्की सडक निमार्णहुन लागेको हो । सडक निमार्णको ठेक्का प्रकृया पूरा भएर आजमात्रै नगरप्रमुख विनोद रेग्मीले शिलान्यास समेतगर्नुभयो ।

यो योजना सिद्दी तीन दोभान देखि ११ न वडा कार्यालय सम्म पहुँच सडक निर्माण योजना कालिका नगरपालिकाको आ।व २०८१र०८२ बजेट बाट बिनियोजन भएकोमा उक्त योजना कर्यान्वयनको लागि ४ करोड १५ लाखको लागत अनुमान स्वीकृत गरि ठेक्का आव्हान गर्दा शक्ति शिव जिआरम जे भि ले २ करोड ८८ लाख ८५ हजारमा ठेक्का पारेर उक्त फर्म सङ मिति २०८१ पौष २९ गते ठेक्का सम्झौता भएको छ ।

ठेक्का सम्झौता भएसंगै सडक निमार्णको कार्य सुचारुको लागि शिलान्यास गरिएको कालिका नगरपालिकाका नगर प्रमुख रेग्मीले बताउनुभयो ।

उक्त सडक निर्माण सम्पन्न हुदा १७०० मि कलोपत्रे , २ सय २३ मि ढलान सडक गरि ११ न्न वडा कर्यालय सम्म जोदिनेछ । यो संगै ११ न्न वडा कर्यालयबाट रन्तेस बजार सम्म उच्च स्तरीय ११०० मि सडक पनि निर्माण हुनेछ ।

सडक निर्माण साथै २८ सय मिटर पक्की आरसि नाला निर्माण हुनेछ । उक्त ठेक्का २०८२ असार १५ गते सम्म सक्ने गरि निर्माण ब्यवसायिसंग सम्झौता भएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यो वडा सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता छ । यो वाटो निमार्ण भएसंगै कालिका नगरपालिकाका सबै वडा कार्यालयहरू पक्की सडकको पहुँचमा पुग्नेछ । निर्वाचनको बेला हरेक वडालाई कालोपत्रेको पहुँचमा लैजाने भनेर जनतालाई दिएको बाचा अनुसार पहाडी क्षेत्रमा समेत कालोपत्रेको संजाल विस्तारगर्न लागिएको उप प्रमुख विमला तमाङले बताउनुभयो ।

वडा नं ११ का सडकहरूमा पहिलो पटक कालोपत्रे हुन लागेकोमा खुशी व्यक्तगर्दै नगर उप प्रमुख तमाङले यसैैगरी विस्तारगर्दै सबै बाटोहरूलाई कालोपत्रेको पहुँचमा पुर्याउने लक्ष्य रहेको सुनाउनुभयो ।

कालोपत्रे सहितको पक्की सडक बन्ने खबरले वडाबासी उत्साहित देखिएको वडा नं ११ का वडा अध्यक्षले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको