कालिका नगरपालिकाका विद्यालयमा एक हप्ता विदा

चितवन । जाडो बढेपछि चितवनको कालिका नगरपालिकाले  एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै, चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या हुने भन्दै पुस २५(भोलि)देखि माघ २ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाधर रिमालले भने अत्यधिक चिसो बढेसंगै बालबालिकाको स्वास्थ्यमा समस्या हुने भन्दै एक हप्ता विदा गर्ने निर्णय गरेका छौं ।’

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको