चितवनमा बलेरोको ठक्करबाट एक महिलाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–४ रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । महिलालाई ठक्कर दिएर अघि बढेको बोलेरोले उनको घरमा समेत क्षति पुर्‍याएको छ ।

बिहीवार बेलुका ६ः२० बजेको समयमा नारायणगढबाट शिवघाटतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ च १२४४ नम्बरको बलेरो अनियन्त्रित भई नजिकै उभिरहेकी स्थानीय ४५ वर्षीय नुरजहान खातुनलाई ठक्कर दिएको थियो । खातुनलाई ठक्कर दिएपछि उक्त बलेरो उनको घरमा पनि ठोक्किन पुगेको थियो ।

बोलेरोको ठक्करबाट घाइते भएकी खातुनको चितवन मेडिकल कलेजमा बिहीवार बेलुका ६ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बोलेरो चालक भरतपुर–२७ घर भई हाल नवलपुरको गैडाकोट नगरपालिका–५ कालिगण्डकी चोक बस्ने वर्ष ४३ को टोलाकान्त चापागाईलाई बिहीवार राति ११ः२० बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको