चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं १६ की ७० वर्षीया कृष्णकुमारी थापा रहेकी छन् ।
थापालाई घरमै बसिरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा गैंडाले आक्रमण गरेको हो । मंगलबार बिहान खैरहनीको ज्यामिरे क्षेत्रमा २ जनालाई घाईते बनाएको सो गैंडाले दिउँसो रत्ननगर पुगेर थापालाई आक्रमण गरेको हो।
मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ।
निम्न घाइतेहरु:-
१. जिल्ला चितवन रत्ननगर न.पा.१६ बस्ने बर्ष अं.७८ को डम्मर बहादुर थापाको दाँहिने खुट्टामा चोट अवस्था मध्यम, (सरकारी अस्पताल भरतपुरमा उपचार भइ रहेको)
२. जिल्ला चितवन रत्ननगर न.पा.१२ बस्ने बर्ष ७२ को चेतनाथ चौलागाइको बाँया खुट्टामा र अनुहारमा चोट अवस्था मध्यम (सरकारी अस्पताल भरतपुरमा उपचार भइ रहेको)
३. जिल्ला चितवन रत्ननगर न.पा.१२ बस्ने बर्ष ३९ की सीता पोख्रेलको टाउकोमा चोट अवस्था मध्यम (नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइ रहेको)
४. जि.चितवन रत्ननगर न.पा.१४ बस्ने बर्ष ६० की मिना गुरुङको बायाँ खुट्टामा चोट मध्यम (भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भइ रहेको)
५. जि.चितवन रत्ननगर न.पा.१२ बस्ने बर्ष २५ की पुजन बि.क.को बाँया आँखा माथि चोट अवस्था मध्यम (सरकारी अस्पताल भरतपुरमा उपचार भइ रहेको)









