तेस्रो अखिल अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, बिबिएस चौथो वर्ष प्रथम

चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अन्तर कक्षास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा आज भएको तेस्रो अखिल अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगितामा बिबिएस चौथो वर्ष प्रथम भएको छ ।

त्यसैगरी प्रतियोगितामा बिएड प्रथम वर्ष दोस्रो र बिआईएम छैटौं  सेमेस्टर तेस्रो भएको अनेरास्ववियु सप्तगण्डकी क्याम्पसका अध्यक्ष प्रकाश सिलवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ५१ टिम सहभागी रहेको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको