सप्तगण्डकी क्याम्पसमा तेस्रो अखिल अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता हुने

चितवन ।  भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अन्तर कक्षास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा पुस १२ गते  शुक्रबार तेस्रो अखिल अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता हुन लागेको हो ।

विद्यार्थीको क्षमता वृद्धि गर्ने उदेश्यले प्रतियोगिता संचालन गर्न लागेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष प्रकाश सिलवालले जानकारी दिनुभयो ।

हाजिरी जवाफ प्रतियोगितामा  २५ भन्दाबढि टिमको  सहभागी रहने अध्यक्ष सिलवालले बताउँनुभयो। उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १० हजार,७ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको