पत्रकारद्वय पाठक र बानियाको उपचारका भरतपुर अस्पतालका अध्यक्ष पौडेलको सहयोग

चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।

अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गरेका हुन्। मंगलबार पौडेलले उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभएको हो ।

उहाँले क्यान्सर रोग लागेकी आमाले रोगलाई जितेसंगै पौडेलले क्यान्सरका बिरामीको उपचारमा सहयोग गदै आउनु भएको छ । सोही अनुसार पत्रकारहरु बिरामी भएको थाहा पाएर सहयोग गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको