चितवन । नेपाल पत्रकार महासंघ चितवन कार्यसमितिका उपाध्यक्ष दीपेन्द्र अधिकारीले क्यान्सर पिडित ३ जना पत्रकारलाई आर्थिक सहयोग गरेका छन् ।
कार्यसमितिको सचिव पदमा रहँदा पदीय हैसियतले उपस्थित विभिन्न कार्यक्रममा प्राप्त सेवासुविधा वापतको रकम क्यान्सर पिडित पत्रकारहरु भुपराज पाठक, संगित बानियाँ र फणी महतको उपचारको लागी सहयोग गरेका हुन् । सोमबार उपाध्यक्षको पदभार ग्रहण गरे लगत्तै अधिकारीले तीनै जनालाई जनही ११ हजार २ सय २० रुपौयाँबाट सहयोग गरेका हुन् ।
पत्रकार महासंघले क्यान्सर रोगबाट ग्रसित पत्रकारलाई सहयोग गर्ने सार्वजनिक रुपमा आह्वान समेत गरेको छ ।









