एनपीएल: चितवन राइनोज प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई झिनो अन्तरले पराजित गरेसँगै चितवन राइनोजले प्लेअफमा स्थान बनाएको छ ।

समान ८ अंक रहेको चितवन रनरेटका आधारमा प्लेअफमा स्थान पक्का गरेको छ । काठमाडौं र चितवनले समान ४ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् ।

रन रेटका आधारमा चितवन प्लेअफमा पुग्दा काठमाडौं भने कर्णाली र सुदूरपश्चिमको खेललाई पर्खनुपर्नेछ । सुदुरपश्चिम र कर्णालीको पनि समान ८ अंक छ । सुदूरपश्चिमले दुई र कर्णालीले एक खेल खेल्न बाकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको