कालिकाको विद्युत सम्बन्धी समस्या समाधानको लागि मेयर रेग्मीले गराए प्राधिकरणका निर्देशक घिसिङको ध्यानाकर्षण

चितवन । चितवन कालिकाका मेयर विनोद रेग्मीले नगरमा  रहेको विद्युत सम्बन्धी समस्या बारे नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएका छन्।

प्राधिकरणका निर्देशक कुलमान घिसिङ सँगको आजको भेटघाट कार्यक्रममा मेयर रेग्मीले कालिकाको समग्र विद्युतिकरण तथा अवरुद्ध योजनाहरू सुचारु गर्नको लागी निर्देशक घिसिङको ध्यानाकर्षण गराएका हुन् ।

कालिकाको वडा नं. ८, ९, १० र ११ मा विद्युतीकरणको लागी  ठेक्का लागेको लामो समय हुँदा पनि काममा ढिलाई  भईरहेको छ।

त्यस्तै नगरको पदमपुर र जुटपानी क्षेत्रमा विद्युत पोल होचो भएका कारण समस्या उत्पन्न भएको छ। होचो भएका पोलहरू परिवर्तन गर्न तथा भोल्टेज कम भएका स्थानहरूमा ट्रान्सफर्मर व्यवस्थापनको लागि आफूले निर्देशक घिसिङको ध्यानाकर्षण गराएको मेयर रेग्मीले जानकारी दिए।

मेयर रेग्मीसँगको भेटमा निर्देशक घिसिङले कालिकाको समग्र विद्युत सम्बन्धी समस्याको दीर्घकालीन निराकरणको लागि तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएर काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको