चितवनमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा दुई जना घाइते

चितवन। भरतपुर महानगरपालिका–१८ भुवनबस्ती स्कुल टोलस्थित एक घरमा सोमवार खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

स्थानीय गणेश गुरुङको घरमा सोमवार बेलुका ४ बजे खाना पकाउने बेला ग्यास लिक भई आगलागी हुँदा भरतपुर–१८ बस्ने वर्ष ५२ को ओम प्रकाश गुरुङ र सोहि ठाउँ बस्ने ४६ वर्षीय मिनबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगलागीबाट दुई जना मध्यम घाइते भएको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको