फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

चितवन । चितवनको इच्छाकामना ३ फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चितवनबाट काठमाडौतर्फ जादैँ गरेको ग्यास बुलेटले करिब १२ बजे गण्डकीगाउँपालिका ६ आइडाडा कि अन्दाजि ५५ वर्षीय पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् र अहिले सम्म सडक बन्द रहेको छ।इच्छाकामना गाउँपालिका उपाध्यक्षको नेतृत्वमा पिडित, सुरक्षा निकाय र सरोकारवाला हरु विच अहिले क्षतिपुर्ती र सडक खुलाउने विषयमा छलफल चली रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको