चितवन । चितवनमा आज (शनिबार) गैँडाले आक्रमण गर्दा एक पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका २७ मेघौली निवासी २८ वर्षीया जग बहादुर माझि गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।
बिहान ९ बजे दुई जना विदेशी पैदल यात्री घुमाउन हिडेका माझिलाई गैँडाले आक्रमण गर्दा पेटमा चोट लागेको छ । आक्रमणबाट मध्यम घाईते भएका माझिको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै विदेशी नागरीक भने सुरक्षीत छन् ।