चितवनका कुन स्थानीय तहलाई कति बजेट ?

रबिकिरण रेग्मी,   चितवन । चितवन जिल्लाका ७ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ४ अर्ब ५७ करोड ७६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०८० र८१ का लागि बजेट बाँडफाँट गरेको हो । जसमा भरतपुर महानगरपालिकालाई रु १ अर्ब ७५ करोड ३ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै रत्ननगर नगरपालिकालाई कूल रु ५७ करोड १४ लाख बजेट उल्लेख भएको गरिएको छ । राप्ती नगरपालिकाले रु ५३ करोड ५९ लाख बजेट प्राप्त गरेको छ ।

त्यसबाहेक माडि नगरपालिकालाईलाई रु ४७ करोड ५१ लाख, कालिका नगरपालिकाले रु ४२ करोड ७० लाख बजेट प्राप्त गरको छ । खैरहनी नगरपालिकाले रु ४२ करोड ७० लाख प्राप्त गरेको छ। एक मात्र गाउँपालिका इच्छाकामनालाई रु ३९ करोड ९ लाख बिनियोजन गरिएको छ।

आर्थिक वर्ष २०८०र८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा चितवनका स्थानीय तहलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) :

भरतपुर महानगरपालिका रु १ अर्ब ७५ करोड ३ लाख
रत्ननगर नगरपालिका रु ५७ करोड १४ लाख
राप्ती नगरपालिका रु ५३ करोड ५९ लाख
माडि नगरपालिका रु ४७ करोड ५१ लाख
कालिका नगरपालिका रु ४२ करोड ७० लाख
खैरहनी नगरपालिका रु ४२ करोड ७० लाख
इच्छाकामना गाउँपालिका रु ३९ करोड ९ लाख

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको