काठमाडौं । प्रधानमन्त्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।
संसदको पहिलो एक घण्टा प्रधानमन्त्रीले जवाफ दिनेछन्। संसदमा महिनाको पहिलो साता प्रश्नोत्तर राख्ने समझदारी गत आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो।
बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले विशेष समय लिएर बोल्ने छन्।









