५ वर्षपछि भ्रष्टाचारीमाथि छानबिन गर्न नपाइने प्रावधान हटाइनुपर्छ: एमाले प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारको कारणले देश कंगाल भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनतामा निराशा बढेको बताए ।

भ्रष्टाचारीलाई कारबाही गर्ने संकल्प संसद्‍बाट सबैले गर्नुपर्ने उनको भनाई छ । सरकारले अहिले ल्याउन लागेको विधेयकमा भ्रष्टाचार गरेको ५ वर्षभित्र मात्रै कानून लाग्ने भन्ने प्रावधान शंकास्पद भएको गिरीको जिकिर थियो ।

उनले भने, ‘षड्यन्त्रमुलक ढंगले एउटा प्रावधान राखिएको छ । भ्रष्टाचार गरेको व्यक्तिको सन्दर्भमा भ्रष्टाचार गरेको मितिले ५ वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्नेछ । त्यसपछि मुद्दा नलाग्ने प्रावधान छ । यो प्रावधान राख्ने हो भने भ्रष्टाचार गर्नेहरूलाई वर्तमान सरकारले संरक्षण गरेर राख्यो भने कसैले छुन सकेन । जे गर्नुपर्ने पाँच वर्षभित्र गर्नुपर्छ । तर, सरकारको संरक्षणमा हुन्छ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको