इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले आक्रोशित हुँदै साह एकपछि अर्को स्टाटस पोष्ट गरेका छन् । मेयर साहले आफनो व्यक्तिगत अकाउन्टबाट भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् ।

उनले नेपाल कहिले स्वाधिन हुने भन्दै प्रश्न समेत गरेका छन् । आफनो अस्तित्व कहिले बनाउने भन्दै लाज लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ चीन र भारतले बनाएको सरकारको इज्तत गर्दिन म नेपाल स्वाधिन कहिले हुने? आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

मेयर साहले देश सफा गर्न परे नेताहरुलाई सिसडाेलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पाेखेका थिए। उनकाे याे स्टाटस आएपछि अधिकांशले सरकारमा बसेका व्यक्तिले त्यस्ताे आलाेचना गर्न नहुने भन्दै सुझाएका थिए ।

उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने भन्दै अर्को स्टाटस लेखेका थिए ।उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको