काठमाडौँ । नेपाली कांग्रेसले चितवन-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले एकैपटक उपनिर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने र उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा यसअघि कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार थिए ।
कांग्रेसले दल दर्ताका सम्पूर्ण काम गर्ने अधिकार मुख्यसचिव पौडेललाई दिएको छ ।









