हत्या अभियोग लागेका सांसदबारे प्रश्न उठेपछि गृहमन्त्रीको जवाफ- विधि, पद्धतिअनुसार अघि बढ्छौं

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपित सांसद प्रतिनिधि सभा बैठकमा सहभागी हुने गरेको भन्ने प्रश्नको जवाफ दिएका छन्।

बिहीबार बसेको संसदको बैठकमा बोल्दै गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताए।

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा हत्या आरोपितसमेत उपस्थित हुने गरेको सम्बन्धी प्रश्न उठाएका थिए। उनले नेकपा एमालेबाट महोत्तरी-१ बाट निर्वाचित सांसद लक्ष्मी कोइरी महत्तोमाथि लक्षित गर्दै प्रश्न उक्त प्रश्न गरेका थिए।

सांसद खतिवडालाई जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘सभाध्यक्षबाट रूलिङ भएको विषय त होइन। तर माननीय सदस्यले उठाउनुभएकोले म त्यसको जवाफ दिन चाहन्छु। फरार रहनुभएका मानिस हुनुहुन्छ, उहाँलाई पक्रनको लागि भन्नुभयो। गृह मन्त्रालय विधि, पद्धतीभन्दा एक इन्च बाहिर निस्किँदैन। यो ग्यारेन्टी गराउन चाहन्‍छु। त्यसको एउटा प्रक्रिया छ। त्यसमा कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने यसअगाडि नै सदनलाई जानकारी गराइएको छ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको