चितवन । इच्छाकामना गाउँपालिका वडा नं.६ को बिपन्न बस्तीमा निशुल्क सिलाई कटाई तालिम तथा ३ सय ५४ बिद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ । सेवा अहिले नेपाल सस्थाको सहयोगमा इच्छाकामना गाउँपालिका वडा नं.६ को जलबिरे, लामो झरनामा २३ जना बिपन्न महिलाहरुका लागि निशुल्क सिलाई कटाई तालिम शुरु गरिएको छ । त्यस्तै इच्छाकामना गाउँपालिका वडा नं.६ तुन्तेस स्थित श्री राष्ट्रिय आधारभुत बिधालयका १ सय जना विद्यार्थी हरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको थियो । उनिहरुलाई टोपी, ज्याकेट र सुरुवाल सहयोग गरिएको थियो ।
त्यस्तै इच्छाकामना गाउँपालिका वडा नं.६ कै कालिखोलामा रहेको देवी भञ्ज्याङ् राष्ट्रिय आधारभुत बिधालयका १ सय ४३ जना विद्यार्थी हरुलाई पनि जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको थियो । सोही वडाको श्री राष्ट्रिय आधारभुत बिधालय आधामाराका १ सय ११ जना विद्यार्थीलाई पनि जाडोमा लगाउने कपडा सहयोग गरिएको थियो ।
सो विभिन्न स्थानमा हिजो आयोजित कार्यक्रमको अध्यक्षता सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालले गर्नु भएको थियो । सो सिलाई कटाई उदघाटन कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँ पालिकाका अध्यक्ष दानबहादुर गुरुङले गर्नु भएको थियो । सो विभिन्न कार्यक्रममा इच्छाकामना गाउँ पालिकाका अध्यक्ष दानबहादुर गुरुङ, सो वडाका अध्यक्ष लक्ष्मण चेपाङ, सेवा अहिले नेपालका अन्तर्राष्ट्रिय निर्देशक बेन फली, अन्तर्राष्ट्रिय अध्यक्ष टोनी, सस्थाका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठ, पत्रकार शिशिर सिखडा लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अबसरमा इच्छाकामना गाउँ पालिकाका प्रमुख प्रसाशकिय अधिकृत जगत भुसाल, स्वास्थ शाखा प्रमुख बासु सापकोटा, सो वडाका सदस्यहरु रामबहादुर घर्ती, जगतबहादुर गुरुङ, श्री राष्ट्रिय आधारभुत बिधालय तुन्तेसका प्राचार्य ज्योति गुरुङ, श्री राष्ट्रिय आधारभुत बिधालय आधामाराका प्राचार्य बुद्धिमान चेपाङ, देवी भञ्ज्याङ् आधारभुत बिधालय कालीखोलाका प्राचार्य ज्ञानु पाण्डे त्रिपाठी, सस्थाका कार्यक्रम प्रमुख जगदिशचन्द्र पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
सो गाउँमा अधिकांस चेपाङ र जनजातिको बसोबास छ । सो संस्थाले इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा निःशुल्क सिलाई कटाई तालिम, छात्रवृत्ति, विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी, जाडोका कपडा, झोला, खाद्य सामाग्री लगायतका सहयोग समेत गर्दै आएको छ ।











