गिता पंगेनी, चितवन । हिजो देखिको निरन्तर बर्षाका कारण पर्यटकिय नगरी सौराहामा बाढी पसेको छ । स्थानिय राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेष्टुरेन्ट डुबानमा परेको हो । राप्ती खोलामा यो बर्षकै ठुलो बाढी आएको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले बताए । अहिले सौराहाको खोला किनारमा रहेका १ दर्जन भन्दा बढी रेष्टुरेन्ट डुबानमा परेका छन भने ५ वटा भन्दा बढी होटेलमा बाढी पसेको रेग्मीले बताए । बर्षा निरन्तर भैरहेकाले सौराहाका धेरै होटल डुबानमा पर्न सक्ने बताईएको छ ।