
आज – १० भाद्र २०७९ शुक्रवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पितृ कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारले साथ दिनेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । पितृ कर्ममा सरिक पनि भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल