चितवनमा देखियो बर्डफ्लू, नियन्त्रणको कार्य शुरु

चितवन । जिल्लामा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं. ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले एउटा फर्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य शुरु भएको बताउनु भयो । गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उहाँले जानकारी  दिनुभयो ।

उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले  जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको