एमाले बिधान महाधिवेशनको सवै तयारी पूरा, ६ हजार भन्दाबढि  महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतपक्षी दल नेकपा एमालेले बिधान महाधिवेशनको सवै तयारी पूरा भएको जनाएको छ । एमाले बिधान महाधिवेशन मुल ब्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक रामबहादुर थापा, बादलले यस्तो जानकारी दिनुभएको हो ।

एमालेको बिधान महाधिवेशन शुक्रवारदेखि आइतवारसम्म ललितपुरको गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको छ । महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । पत्रकार सम्मेलनमा संयोजक थापाले महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने टुंगो लागेको बताउनु भयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको