
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज पनि बस्ने भएको छ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीका आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
शनिवार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो ।
स्पष्टीकरण दिने समय आज विहान सकिएकाले उनीहरुमाथि थप कारवाहीको सम्भावना रहेको छ । त्यस्तै पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।