घ्याल्चोकमा लायन्स क्लब अफ काठमाडौ हाइभिजन र स्थानिय युवाद्वारा स्वास्थ्य सामाग्री वितरण

गोरखा । गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ७ घ्याल्चोकमा लायन्स क्लब अफ काठमाडौ हाइभिजन र स्थानिय युवाद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौ हाइभिजनद्वारा वडामा रहेको  आधारभुत स्वास्थ्य केन्द्रलाई ५ शय्या र स्वास्थ्य सामाग्री आज क्लबका उपाध्यक्ष शंकर भट्टराईले स्वास्थ्य केन्द्रका प्रमुख झलकमाया प्रजालाई हस्तान्तरण गरेको हो ।

 

त्यस्तै स्थानिय युवाहरु अश्विन रेग्मी, संजित रेग्मी, सुजित रेग्मी, बिपिन्न रेग्मी, आयुस रेग्मी र शंकर भट्टराईद्वारा स्थानिया समुदायको लागि सात हजार माक्स, २ सय बतल सेनिटाइजर र २ सय साबुन स्थानियको घर घरमा गएर वितरण गरेको स्थानिय युवा अश्विन रेग्मीले जनकारी दिए ।

स्वास्थ्य सामाग्री वितरण गर्ने संस्था र स्थानिय युवाप्रति वडा अध्यक्ष तुलसी रेग्मीले धन्यवाद ब्यक्त गर्नु भयो । साथै वडा अध्यक्ष रेग्मीले आफ्नो वडाका वडावासीलाई अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध समेत   गर्नु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको