कोरोनाबाट आज एकैदिन देशभर २ सय ४६ जनाको मृत्यु, ८ हजार १ सय ७३ संक्रमित थपिए
५ जेष्ठ २०७८, बुधबार १७:१४
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट देशभर आज एकै दिन २ सय ४६ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ९ सय ८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।