कोरोनाबाट आज एकैदिन देशभर १ सय ९६ जनाको मृत्यु,  ८ हजार २ सय ३ संक्रमित  थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २सय ८६ जनाको पीसीआर परीक्षण र ६सय ९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २ सय ३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।आज ६ हजार ८ सय ९१ कोरोना संक्रमित निको भएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको