
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ हजार १ सय ९८ जना र एन्टिजेनबाट ४९ जना गरी थप ९ हजार २४७ जनालाई संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० जना रहेको छ ।
२४ घण्टामा थप २सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ जना पुगेको मन्त्रालयले जनाएको छ ।