एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता शुरू
३० बैशाख २०७८, बिहीबार १४:२४
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ। काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरू वार्तामा जुटेका हुन् ।
माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।