
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बस्दैछ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बलुवाटारमा स्थायी कमिटीको बैठक डाकिएको एक सदस्यले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शेरबहादुर देउवाको काखमा बसेर राजिनामाको घुर्की देखाइररहनु भएका निलम्बित नेता माधवकुमारन नेपाल समूहको माग सम्बोधनका विषयमा छलफल हुने बताइएको छ ।
उनीहरूको माग पूरा गराउने गरी सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाइ दिने र आजै माधव नेपाल र ओलीको बीचमा भेटवार्ता गराएर सहमति गराउने प्रयास भैरहेको ती स्थायी कमिटी सदस्यले बताउनुभयो ।
कांग्रेस र माओवदीले उपचुनावमा जिताइदिने उस्तै परे रूख वा गोलाकारभित्रको हँसियाहथौँडा चिन्हमा चुनाव लड्न दिने लगायतका आश्वासन दिएर राजिनामा लागि फकाइ रहेको छ । मंगलबार देउवा निवासमा पुग्नुभएका माधवकुमार नेपाल र भीमबहादुर रावलले यस विषयमा समझदारी नै गरेको कुरा यसअघि नै बाहिरि सकेको छ ।