
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।
२० हजार ३ सय ६२ वटा पीसीआर र ४ सय २४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९सय २४ जना संक्रमित थपिएका छन् ।
बुधबार एकैदिनमा १ सय ६८ जनाको निधन भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना निको भएका छन् । निको हुने दर ७४।९ प्रतिशत छ ।
बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।