
काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण थप २ सय २५ जनाको मृत्यु भएको छ ।
सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो ।
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३ सय १६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५हजार २ सय २५ जना निको भएका छन् ।
कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।