जनताको आवाजलाई प्राथमिकता दिनुपर्छ: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री पार्वत गुरुङले प्रजातन्त्रसँगै जन्म भएको रेडियो नेपालको गरिमा उच्च बनाउन ठोस रणनीति र सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालको ७१औँ वार्षिकोत्सव समारोहमा मन्त्री गुरुङले जेठो संस्थाको रुपमा स्थापित रेडियो नेपालले व्यवस्थापन पक्षमा सुधार गर्दै प्रतिस्पर्धी र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले जुनसुकै परिस्थितिमा पनि जनतालाई सुसूचित गराउन र जनताको आवाजलाई प्राथमिकता दिनु पर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले प्रजातन्त्र स्थापनादेखि गणतन्त्र स्थापनाका क्रममा रेडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै रेडियो नेपाललाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सबै सरकारी सञ्चार माध्यमलाई चाडै नै पिएसबीमा लैजाने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

समसामयिक राजनीतिक प्रसङ्ग उठाउनुहुँदै मन्त्री गुरुङले हिजोको सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेलाई थप बलियो बनाएको बताउनुभयो ।

उहाँले जनताले स्थिर सरकार चाहेको उल्लेख गर्नुहुँदै वर्तमान सरकारलाई प्रतिपक्ष मिलेर विस्थापित गर्न खोजे पनि निर्वाचनबाट बहुमत लिएर आउने दाबी गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको