एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालिने तयारी

धनगढी। एमालेले सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने तयारी गरेको छ । एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले सरकार बनाएको छ । माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ । समर्थन फिर्ताका लागि एमालेले सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने तयारी गरेको थियो ।

होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको थियो । एमालेका प्रदेशसभाका सांसद रतन थापाले संसदीय दलको बैठकबाट संसदीय दलको नेता बदल्ने बताए ।

प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय पनि अब बस्ने बैठकले गर्नेछ । अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन् । उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारीमा भइरहेको छ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि त्यतिबेलाको नेकपा दुई समूहमा विभाजन भएको थियो । मुख्यमन्त्री भट्टले ओली समूहमा रहँदै आएका भौतिक पूर्वाधार विकासमन्त्री बोहरालाई हटाएका थिए ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनमा परिणत हुँदा मुख्यमन्त्री भट्ट अल्पमतमा छन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट २५, माओवादी केन्द्रबाट १४, नेपाली कांग्रेसबाट १२ र जनता समाजवादी पार्टी ९जसपा०बाट दुई सांसद छन् । भट्ट माओवादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बनेका हुन् ।

एमालेले सरकारको समर्थन फिर्ता लिए भट्टलाई मुख्यमन्त्रीमा टिकिराख्न कांग्रेस र राजपा दुवै पार्टीको समर्थन आवश्यक पर्छ ।

दुई पार्टी एकीकरण भएपछि बनेको नेकपा पार्टीका ३९ सांसदमा आठ जना मात्र ओली पक्षमा लागेकाले दाहाल–नेपाल समूहसँग सुविधाजनक बहुमत रहँदा मुख्यमन्त्री भट्ट ढुक्कजस्तै थिए ।

कांग्रेस र जसपाको समर्थन पाएको अवस्थामा समेत माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य रहेका १४ मध्ये दुई जनाले ह्विप उल्लंघन गरेर विपक्षमा मत हाले भट्टलाई संकट हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको