
चितवन । चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।
हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२/३३/११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म विद्युत् कटौती हुनेछ । रासस