आदिकवि भानु मावि नारायणगढमा तिन दिनदेखि अनिश्चितकालिन तालाबन्दी

चितवन । पोखरा बसपार्क नारायणगढमा रहेको आदिकवि भानु मावि मा अनिश्चितकालिन ताला बन्दी भएको ३ दिन बितिसकेको छ । आदिकवि विद्यालय प्रशासनले मनोमानी रुपले विद्यार्थि र अभिभावकको ढाड सेक्ने गरि लकडाउन अवधीको शुल्क लिएको, प्रधानाध्यापकले भ्रष्टाचार गरेको आरोप लागेकोले छानबिनको माग गर्दै अनेरास्ववियु भानु मावि कमिटीले प्रधानाध्यापकको कक्ष र लेखा शाखामामा तालाबन्दी गरेको हो ।

तालाबन्दी पछि पनि प्र.अ ले आफू फस्ने डरले ३ दिन बित्दासम्म वास्ता नगरेपछी तालाबन्दीको तेस्रो दिनमा भानु मा.विका विद्यार्थिले विद्यालयको गेट परिसर मा पर्चा टालेर विरोध गरेका छ्न । फागुन ११ गते आफुहरुले राखेका माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिदा कुनै वास्ता नगरेको उल्टै विद्यार्थि लाई प्र.अको कक्षमा बोलाएर प्र.अले धाक-धम्की दिए पछि १७ गतेका दिन विद्यार्थि हरुले अनिश्चितकालीन ताला बन्दी गरेका थिए ।

त्यस्तै १८ गतेका दिन आन्दोलनलाई समर्थन गर्न आएका आदिकवी भानु मा.वी आपटारी ब्लकका विद्यार्थिलाई पोखरा बसपार्कको ब्लकमा प्र.अले छिर्न निषेध गरे पछि विधार्थीले विरोध जनाउदै कालो झण्डा प्रदर्शन गरेका थिए । जसमा जिल्ला प्रहरी कार्यालय चितवनले प्र.अको ठाडो आदेशमा अनेरास्ववियु जिल्ला नेता दिवस भुसाल, विकास ढकाल, कपिल वन्जारा र भानु मा.वि अनेरास्ववियु कमिटीका अध्यक्ष सचिव सिर्जन दियाली र सुनिल खकुरेल लगाएतका विध्यार्थीहरु माथी हातापात गरि हस्तक्षेप गरेको विद्यार्थि बताउँछन् ।

प्र.अ को त्यो कार्य ले विद्यार्थि आन्दोलनलाई च्यालेन्ज गर्न खोजे जस्तो देखिएकाले अबको दिनमा आफुले उठाएका मागहरु पूरा नभएसम्म अझै कडा आन्दोलन गर्न पछि नपर्ने अनेरास्ववियु भानु मा.वि कमिटीका सचिव सुनिल खकुरेल बताउछन । त्यस्तै भानु मा.विका प्र.अ विष्णु सापकोटाले आफ्नो अनियमितता लुकाउन विद्यार्थिको पठन पाठनलाई नै अनिश्चितकाल का लागि बन्द गरेको विद्यार्थिले जनाएका छ्न ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको