कमलराज पाठक, चितवन । बिगतमा हामीले राजसंस्था फाल्न राजा राजतन्त्र र राजसंस्था प्रति लगातार बिरोध गर्दा राजतन्त्रको समुल अन्त भई गणतन्त्रको स्थापना भयो । गणतन्त्र ल्याउन धेरैको ज्यान गयो,धेरै घरबार बिहिन भए,धेरै टुहुरा भए,धेरैको सिन्दुर रित्तियो आँसु रगत त कति बगे बगे भनियो । त्यो त्याग र बलिदानबाट आएको गणतन्त्रान्त्रिक संस्थाको प्रतीक राष्टपती माथि रामकुमारी झाक्री प्रबृतिले लगातार प्रहार गर्नु प्रकारान्तरले झाक्रीहरु राजतन्त्र वा अरु त्यस्तै प्रतिकको चाहनाका लागि लडाई लड्दैछन् भन्न गाह्रो छैन् ।
हिजो मन्त्री परिषदको निर्णय संबैधानिक प्रथम राष्टपतीले अस्विकार गरेर उल्टाई दिदा त्यो संबैधानिक भयो । यहि देशका झाक्रि प्रबृति खुसिले गदगद भए । आज मन्त्री परिषदले गरेको निर्णय राष्टपतिले कार्यान्वयन गर्दा राष्टपतिले प्रतिगमन गरिन, कु भयो भनेर झाक्री प्रबृति सडकमा छ । मन्त्री परिषयले गरेका निर्णय कार्यान्वयन नगर्ने राष्टपती संबैधानिक र त्यहि मन्त्री परिषदले गरेको निर्णय मान्ने राष्टपती असम्बैधानिक के यो संबैधानिकताको ट्याग लाईदिने झाक्री -योगेस – प्रचण्ड प्रबृतिहरु हुन् ?
गल्ती भए मन्त्रीपरिषदले जिम्मा लिनु पर्ने र उहि त्यसको जवाफदेही हुने हो । झाक्रि प्रबृतिहरु संबैधानिक राष्टपतीलाई पहिलो राष्टपती झै पटक पटक मन्त्रीपरिषयको निर्णय अस्विकार गरि संबैधानिक राष्टपतीको सिमा नाघ्न उचालि रहेका छौ । अब भन्नुहोस झाक्रि प्रबृति के चाहन्छन् ? हामीले यतिखेर सबै भन्दा उच्चतम ब्याबस्थाको अबलम्बन गरेका छौं,हामीलाई मन नपरेको ब्यक्ति सत्तामा हुन सक्छ त्यो संस्थाले गरेको निर्णय पनि हाम्रो अनुकुल र हितमा नहुन सक्छ यो भन्दैमा रगत बगाएर ल्याएको गणतान्त्रिक संस्था राष्टपती माथि लगातार प्रहार गर्नु भनेको झाक्री योगेश प्रचण्डहरु राष्टपती संस्था मासेर हिजो गल्ति भएछ भन्दै भारतिय चाहना बमोजिम राजसंस्थालाई स्वागत गर्दैछन् ।
राजा आउ देश बचाउ भन्न पर्दैन नि हामीले अबलम्बन गरेको ब्यबस्थाको प्रतीक राष्टपतीलाई लगातार बदनाम गरेपछि राष्टपतिय ब्याबस्था राजसंस्था भन्दा नि पतित र भ्रष्ट हुदो रहेछ बरु राजसंस्था नै ठिक भन्ने ठाउँमा जनतालाई पुर्याउन झाक्री प्रबृति मरेर लागेको देखिदैन र ? त्यो संस्थामा काम गर्ने ब्यक्तिमा कमजोरी हुन सक्छ त्यो ब्यक्ति आबधिक हुन्छ र फेर्न नि सकिन्छ । तर ब्यक्तिलाई जोडेर लगातार संस्था माथि प्रहार गरिन्छ भने झाक्री प्रबृतिले हिजोको आान्दोलनको उनकै रगतसंग राजसंस्था साट्दैछन बेच्दैछन । होइन भने एकल महिलाको सेतो सारी उनको चरित्र र आम महिलाको आस्मिता माथि धावा वोलेर जनताको प्रतीक राष्टपती संस्था माथि यति घेरै बीस बमन गर्ने थिईनन् ।
झाक्रि प्रबृत्तिले चेतना गुमाएको छ । सत्ता लिप्सा र भोकले होस हराएको छ सडकमा पुरै मुख छाडेर भट्टिको जड्याहाको स्तरमा ओर्लिएका छन् । यस्तो अबस्थामा जनताले ती र त्यस्ता प्रबृतिलाई चिन्न जरुरी छ । यिनिहरु कस्का निम्ति जनतालाई बलि चडाउदै छन् बुझ्न ढिलाई गर्नु हुन्न । बेला आएपछि झाक्रि प्रबृतिलाई आबस्यक उपचार गरेर होसमा ल्याउन पर्ने छ । पहिचान गर्न नचुक्नु होला ।
जनताको अभिमतलाई लत्याउने,बिदेशीको एजेन्डा बोक्ने, सत्ताको फोहोरी खेलखेल्ने चन्डाललाई आउने निर्वाचनमा धुलो चटाउन चुक्नु हुन्न । लोकतन्त्र मान्ने र आबधिक निर्वाचनको विधि अपनाउने भनेकै झाक्रि आबरणमा एकपल्ट बगाएको रगतसंग सत्ता साट्न जुनसुकै हद सम्म गिर्नेलाई जनताको सेवक हुन लाएक छैनस भनेर उनकै पुरानो पेसामा फर्काउने पनि हो । आग्रहमा होइन बिबेकका साथ हरेक प्रबृत्तिको पहिचान गर्ने र समयमा उचित जबाफ दिन सकेनौ भने हामीले हाम्रो मात्र होइन अर्को पुस्ताको भबिष्य पनि सिध्याउदैछौं । सोचौ बिबेक पुर्याउँ । (लेखक पाठक नेकपा चितवनका नेता तथा नेपाल बार एसोसियसन चितवनका निबर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।)
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







