चितवनका बिघटित सांसद पोखरेललाई सर्वाेच्चका न्यायाधीश प्रधानको प्रश्न: यो मुद्दा तपाईंहरूले कहिलेसम्म लम्ब्याउने हो ?

चितवन । संसद विघटनविरूद्धको मुद्दामा रिट निवेदकका वकिलले धेरै समय लिएको भन्दै आज सर्वाेच्चमा न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न उठाएकी छन्।

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीपछि अर्का रिट निवेदक चितवनका कृष्णभक्त पोखरेललाई बोलाएर उनले यस्तो प्रश्न गरेकी हुन् ।

‘तपाईँहरूलाई एउटा कुरा सोध्न चाहन्छु । यो मुद्दा तपाईँहरूले कहिलेसम्म लम्ब्याउने हो ? समय निर्धारण पनि नगर्ने तर बाहिरबाट अदालतले लम्ब्यायो भन्ने गुनासो आउँछ । एउटै मुद्दामा ३०० वकिल हुनुहुन्छ कसरी छिटो सकिन्छ ?,’ उनले भनिन्। रिट निवेदकसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य पोखरेलले यो लोकतन्त्र जोडिएको विषय भएकाले धेरैको चासो रहेको बताए । ‘हामीले कसैलाई पैसा दिएर बहसमा बोलाएका छैनौं सबै स्वेच्छाले आउनुभएको छ । अब सकेसम्म छोटो बनाउने प्रयत्न गर्छौं,’ उनले भने ।

मल्लले पोखरेलसँग कुरा गरेपछि युवराज संग्रौलाले बहस सुरु गरे । उनले १ घण्टा समय पाएका थिए । संवैधानिक इजलासमा संसद विघटन मुद्दामा आज दिनभर बहस भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको