“निर्वाचन जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर हो”- गृहमन्त्री बादल

कालीकोट । गृहमन्त्री रामबहादुर थापा बादलले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आवरोप लगाउनुभो । उहाले निर्वाचन जनताका बीच गएर नयाँ जनमत लिने अबसर पनि भएको बताउनु भयो ।

उहाँले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गर्नुभयो । ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गर्नुभयोे ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको