गीतमा प्रधानमन्त्रीको नेतृत्वमा ढलेको धरहरा उठेको र राष्ट्रियतासमेत मजमुत बनेको उल्लेख छ । ओलीको नेतृत्वमा देशको पुरा नक्सा सार्वजनिक भएको भन्दै गीतमा अझै जमिन ल्याउन बाँकी रहेको र समृद्धिको सपना साकार पार्न ओलीको खाँचो परेको उल्लेख छ ।
‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’
‘देशको लागि आज अनि चाहियो भोलिलाई’
भन्दै, गीतमा प्रधानमन्त्री ओलीले नाकाबन्दी डटेर मुकाबिला गरेको र छिमेकीसँगको सम्बन्धपनि समानताको आधारमा बढाएको उल्लेख छ ।
समृद्धिको संवाहक ओली नै भएको भन्दै गीतमा देशभरका हवाई मैदान आधुनिक बनाउने काममा ओलीको भूमिका रहेको र पूर्वपश्चिम रेलमार्ग ओलीकै नेतृत्वमा सम्पन्न हुने विश्वास गरिएको छ ।
गीतमा फौद बहादुर बस्नेत र ध्रुवराज धितालकोसमेत स्वर रहेको छ भने सङ्गीत ध्रुवराज धितालले दिनुभएको हो । गीतका शब्द फौद बहादुर बस्नेतले लेख्नुभएको हो ।
होनुहोस् सार्वजनिक भएको गीत :
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer









