कोरोना अपडेट: २४ घण्टामा ३ सय ६२ संक्रमित, ६ सय ९९ डिस्चार्ज, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३६२ जना नयाँ संक्रमित थप भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ५२१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९९ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५७ हजार ९२८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ७८ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४ हजार ६८१ जना आइसोलेसन र २६२ जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको