रेडियो देवघाटले सामाजिक कार्यसहित ११औ वार्षिक उत्सव मनाउने

चितवन । देवघाट धाममा स्थापित नेपालकै पहिलो धार्मीक रेडियो ‘रेडियो देवघाट १०२.६’ मेगाहर्जले ११औ  वार्षिक उत्सव मनाउने भएको छ । शान्ति र सद्भाब हाम्रो अभियान भन्ने मुल मन्त्रका साथ वि.स. २०६७ साल माघ १ गते नेपालकै पवित्र तिर्थस्थल देवघाट धामको पबित्र तपो भूमिमा गणतान्त्रीक नेपालका प्रथम राष्ट्रपति श्री रामवरण यादव ज्यू को बाहुलीबाट औपचारीक रुपमा उद्घाटन गरीे रेडीयो सञ्चालनमा आएको हो ।
देशमा पछिल्लो समय बढ्दै गएको अस्थिरतालाई ध्यानमा राखेर शन्ति र सद्भाव समाजमा फैलाउने उदेश्यले समाचार र कार्यक्रमहरु प्रसारण गदै आएको कुरा यहाँहरुलाई अवगत नै रहेको छ । नेपाली रीति ,रिवाज धर्म सँस्कृति नेपालको पहिचान हो । यसको संरक्षण र सम्वद्धनको तडकारो महसुस गरी तनहु“, चितवन, नवलपरासीका समाजसेवी ,बुद्धिजिबी संचारकर्मी, पेसाकर्मी लगायतका व्यक्तित्वहरुको सामुहिक प्रयत्नबाट यस रेडीयो सञ्चालनमा आएको हो । यसमा यसै पवित्र भूमि देवघाटका ५० जना स्थानियहरु आवद्ध रहनु भएको छ । 
धार्मिक क्षेत्र देवघाटको प्रचार प्रसार र विश्वभर भैरहेका हरेक कुराहरुको जानकारी यस क्षेत्र र आसपासका स्थानियलाई दिने उदेश्यले यस रेडीयो सञ्चानमा आएको हो । नेपाली रीति ,सस्कृतिको संरक्षण र सम्वद्धन रेडियो देवघाटको पहिलो प्राथमीकताको बिषय बनेको छ । अत्याधुनिक डाइपोल एन्टिना सहित १५० फिट अग्लो टावर अत्याधुनिक डिजीटल ट्रान्मिटर लगायतका अत्याधुनिक प्रविधि भएको यस रेडीयो  तनहु“ ,चितवन नवलपरासी, मकवानपुर ,धादिङ, लमजुङ्ग, गोर्खासम्म प्रसारण क्षेत्र रहेको छ । साथै रेडीयोलाई इन्टरनेटको माध्यामबाट विश्व भर प्रत्यक्ष सुन्न सकीने व्यवस्था समेत मिलाईएको छ ।
बिहान ५ बजे देखी राती १० बजे सम्म निरन्तर प्रसारण हुदै आएको यस रेडीयोले स्रोताहरुको चाहना अनुरुप धार्मिक, शिक्षामुलक, स्वाथ्य, मनोरञ्जनात्मक र अन्य सुचनामुलक कार्यक्रमहरु प्रसारण हुदै आएको व्यहोरा अवगत गर्न चाहान्छौ । ।
‘रेडियो देवघाट १०२.६’ दशौ वर्ष पार गरेर एघारौ वर्षमा हिड्न लाग्दै गर्दा रेडियोले विभिन्न सामाजिक कार्यक्रमहरु गरेर वार्षिक उत्सव मनाउन लागेको जानकारी गराउछौ । वार्षिक उत्सव अन्र्तगत निम्न प्रकारका कार्यक्रमहरु गरेर रेडीयोले वार्षिक उत्सव मनाउन गईरहको  आज भरतपुरमा आयोजित पत्रकार सम्म्मेलनमा जानकारी दिईएको  थियो । सो कार्ययक्रम रेडियो   का उपाध्यक्ष बिजयराज शर्मा भुसालको अध्यक्षतामा  भएको  थियो । कार्ययक्रमारेडियोका महासचिव निरन्जन हाडा, स्टेेेसन मेनेेजर सुवाास  लामिछाने, बजार ब्यबस्थापक गोपाल चन्द्र न्योपाने  लगायतले मन्तव्य राखेका थिए ।                                  रेडियोको  वार्षिक उत्सवको कार्यक्रमहरु :                                १. पााैष २७ गते १ खुला रक्तदाान भरतपुर १ देवघाट वसपार्क चितवन
२. पौष २८ गते देवघाट क्षेत्रका संघसंस्थाविच अन्तरक्रिया कार्यक्रम स्थानः रेडियो परिसर
३.पौष २९ गते अन्तर आमा समूह स्तरीय हाजिरी जवाफ प्रतियोगिता
४. माघ १ गते वृद्दाश्रमका रहेका वृद्दावृद्दाहरूलाई फलफुल वितरण सगै उत्कृष्ट श्रोताहरूलाई रेडियो वितरण र समापन कार्यक्रम ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको