गण्डकी गाउँपालिका-७ मा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

गोरखा । गण्डकी गाउँपालिका–७ नं. वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिँदै आएका लाभग्राहीको भत्ता नवीकरणका लागि सञ्चालन गरेको घुम्ती शिविरअन्तर्गत आज ज्यामिरेघाट र इर्लुङ–आपचौरमा सेवा सम्पन्न गरेको छ।
वडा भरिका ४३० जना सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई सहज सेवा दिने उद्देश्यले टोलटोलमै पुगेर नवीकरणको व्यवस्था गरिएको हो।

वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाएर स्थानीयस्तरमै सेवा दिइएपछि ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई सहज भएको छ।

वडा अध्यक्ष तुलसी रेग्मीका अनुसार भत्ता नवीकरणसँगै स्थानीयका विभिन्न विषयमा छलफल, योजनाको स्टिमेट तयार गर्ने तथा उपभोक्ता समिति गठनलगायतका कामसमेत सँगसँगै गरिनेछ। यसबाट नागरिकले एउटै स्थानबाट विभिन्न सेवा तथा योजनासम्बन्धी जानकारी र आवश्यक प्रक्रियामा सहजीकरण पाउने उनले बताए।

घुम्ती शिविरअन्तर्गत साउन २९ गते सामुदायिक भवन र बडहरे चौतारा तथा साउन ३० गते चैनपुर–छापागाउँ र चुर्लिङमा सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने वडा कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको