बूढीगण्डकी नदीमाथि बन्ने पुलको भोलि शिलान्यास हुँदै, सभामुख र दुई मन्त्री सहभागी हुने

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटार र धादिङको सिद्धलेक जोड्ने बूढीगण्डकी नदीमाथि निर्माण हुन लागेको मोटरेबल पुलको भोलि शिलान्यास गरिने भएछ ।

शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डी.पी. अर्याल, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल सहभागी हुने कार्यक्रम रहेको छ।

पुल शिलान्याससँगै बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी विषयमा सरोकारवालाहरूसँग विशेष छलफलसमेत गरिने गृहमन्त्रीको सचीवालयले जनाएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको