चितवन । स्वच्छ तथा व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यले रोटरी क्लब अफ पूर्वी चितवन, डिस्ट्रिक्ट ३२९२ ले जिल्ला प्रशासन कार्यालय, भरतपुरमा डस्टबिन तथा टोकन मेसिन हस्तान्तरण गरेको छ। फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय परिसरमा प्रयोग हुने डस्टबिन तथा टोकन मेसिन हस्तान्तरण गरिएको हो।
कार्यक्रममा कार्यालय परिसरको फोहोर व्यवस्थापनमा सुधार, सरसफाइप्रति सचेतना अभिवृद्धि तथा स्वच्छ वातावरण निर्माणमा यस पहलले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
रोटरी क्लब अफ पूर्वी चितवनले ‘स्वच्छ कार्यालय, स्वच्छ भरतपुर’ अभियानलाई प्रभावकारी बनाउन यस्ता सामाजिक तथा वातावरणीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
अभियानमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, भरतपुर तथा सम्बन्धित सबैप्रति क्लबले आभार व्यक्त गरेको छ।









