काठमाडौँ, १५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता बहुमूल्य पूँजी भएको बताउनुभएको छ ।
सन्देशमा भनिएको छ, ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । हाम्रा प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।’ नेपालका यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको पनि बताउनुभएको छ । ‘विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ सन्देशमा भनिएको छ ।